FWLD - Working for Non-Discrimination and Equality

< Back to Publications

Information Paper on Basic principles of Justice Delivery in Formal and Informal Justice Systems

Year of Publication : 2011

न्याय निरुपण गर्ने कार्यमा अनौपचारिक रुपमा संलग्न रहनु हुने सरोकारवालाहरूलाई पनि अधिकारमा आधारित पद्दतिका माध्यमबाट विवादहरूको समाधान गर्न अवलम्बन गर्नुपर्ने आधारभूत मान्यता र प्रक्रियाका सम्बन्धमा जानकारी दिलाउन यो पुस्तिका तयार पारिएको हो । यो एउटा यस्तो चालू पहल हो, जसले सम्पूर्ण नेपाली नागरिकहरूको न्यायिक आवश्यकताका बारेमा बृहत् बुझाइका साथ सञ्चालित हुने प्रबद्र्धित न्यायिक प्रणालीको परिकल्पना गर्दछ । यसले नेपाली नागरिक खासगरी गरीब, सीमान्तकृत र जोखिममा परेका समूह र समुदायप्रति न्यायक्षेत्रको पहँुच र जवाफदेहिता अभिवृद्धिका लागि विभिन्न न्यायिक संयन्त्रहरूबीचको सहकार्य र संयोजनलाई अझ सशक्त बनाउने थप लक्ष्य लिएको छ । मानव अधिकारप्रतिको सम्मान एवं लैङ्गिक समानताको सिद्धान्तको अनुसरणका लागि अनौपचारिक न्यायकर्ताहरूलाई सहयोग,औपचारिक तथा अनौपचारिक न्यायिक क्षेत्रको भूमिका र जिम्मेवारीका बारेमा अझ बढी स्पष्टता कायम गरी यी दुई क्षेत्रबीच सम्बन्ध निर्माण एवं सबलीकरण गर्ने कामद्वारा यस पहलकदमीले उक्त कार्य
सम्पादन गर्दछ ।

Download: Information Paper on Basic principles of Justice Delivery in Formal and Informal Justice Systems